


भीम रावललाई प्रचण्डको आग्रह – समय खेर नफाल्नुस्, माओवादी केन्द्रसँग सहकार्य गर्नुस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेबाट निष्कासित नेता भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन्। शनिवार रावलको गृह जिल्ला अछाम पुगेर दाहालले यस्तो आग्रह गरेका हुन्।
‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ,’ दाहालले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’
आफूले रावललाई ‘किन भौँतारिई रहनुभएको छ?’ भनेर प्रश्न गरेको पनि दाहालले बताए। उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौँतारिई रहनुभएको छ। आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ भने।’

