जमराको जुस पिउनुका फाइदै फाइदा


काठमाडौं- बडा दशैँलाई हिन्दूहरूले महान चाडका रूपमा मनाउँछन् । दशैँको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टीका लगाइन्छ ।

पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टीकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टीकासहित ग्रहण गर्ने गरिन्छ ।

दशैँमा टीकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । यो स्वास्थ्य रक्षाको लागि खाना सकिन्छ यसका साथै रोग लागेका मान्छेहरूले पनि अरु औषधिसँग सँगै खान मिल्छ ।

यसले मिर्गौला तथा कलेजो सफा गर्दछ। चाहिने भन्दा बढी खायो भने त असर गर्दछ। त्यसमा पनि जमरा दुई दिनमा नै उमार्न विषादी प्रयोग गरेको छ भने असर गर्दछ। तर राम्ररी उमारेको जमराले कुनै असर गर्दैन । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकालाई ज्यादै फाइदा पुग्छ ।

जमराको जुस खाँदा जमरालाई सुपर फुटको रूपमा लिइन्छ । यसमा हाई भिटामिन ए, बी, डी र के हुन्छ । आइरन क्याल्सियम र प्रोटिन पनि पाइन्छ। क्लोरोफिल हुन्छ । जसले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ । मुटुको समस्या नसा सम्बन्धी रोगहरूमा पनि धेरै फाइदाजनक छ ।

यसले कोलेस्ट्रोलको मात्र पनि घटाउँछ। बिहान र बेलुका खाली पेटमा खाँदा क्यान्सरलाई धेरै फाइदा गरेको छ । उचच रक्तचाप र मधुमेह भएको बिरामीहरूमा पनि यसले धेरै फाइदा गर्दछ। शरीरको आन्तरिक शुद्धिकरण गर्दछ । जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्त्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

यो बिहान खाली पेटमा खाँदा राम्रो हुने अनुसन्धान भएको छ। जमराको फ्रेस जुसहरू डोज मिलाएर खाने गर्नुपर्छ। यो जुस १२० एमएल खानु पर्दछ। त्यो भन्दा धेरै खानु राम्रो मानिँदैन । पातलो जिउको हुनुहुन्छ भने ३० एमएलबाट खाँदै जान सकिन्छ । कतिलाई यो खाँदा डायरिया र अपच हुने भएको छ । त्यसैले थोरै थोरै गरेर खान सुरु गर्नुपर्छ ।

प्रतिक्रिया