

कांग्रेस राज्य प्रशासन विभागमा यी १० भए मनोनित (नामसहित)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको राज्य प्रशासन विभागका सदस्यहरुमा मनोनयन गरेका छन् ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त विभागको १० सदस्यमा मनोनित गरिएको हो ।
मनोनयनमा पर्नेमा तीर्थराज खनाल (झापा), विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर) रहेका छन् ।
त्यस्तै गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी), रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन) र द्रोपदी वली (बाँके) रहेका छन् ।

