

आजभोलि झ्याप्प–झ्याप्प बत्ती किन जान्छ ? यस्तो भन्छन् कार्यकारी निर्देशक शाक्य

काठमाडाैं-– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् ।
काठमाडाैंसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएकाे हो ।
पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले अहिलेको मौसमका कारण समस्या आएको दाबी गरेका छन् । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस्तो समस्या आउने गरेको उनको भनाइ छ ।
हावाहुरीले बिजुली नियमित आपूर्तिमा समस्या आएको र समस्याको समाधान गर्दै आएको कार्यकारी निर्देशक शाक्यले बताए । बत्ती जानुमा अहिले अरू केही कारण नभएको उनको दाबी छ । प्राविधिक समस्याले बिजुली आपूर्तिमा गडबडी हुँदा लोडशेडिङ नै भयो भनेर हल्ला नफैलाउन उनको आग्रह छ ।

