
गणतन्त्र परिष्कृत कि बहिष्कृत, शाह वंश नै किन चाहियो?
–दिपेश कार्की
आज सडकमा देखिएका चर्का आवाजसहितका छुट्टाछुटै समूहका फरक–फरक असन्तुष्टिहरू नियाँल्दा यो व्यवस्था नै समाप्तिको सीमानामा पुगेको स्पस्ट बुझिन्छ।
राजनैतिक समकालीन दौंतरीहरूको विभाजन र एक अर्काप्रति न्युनतम सम्मान समेत नराखी गरिएका अलोचना, परचक्रिहरूको सघन उपस्थिति, त्यहि भिडबाट बुर्कुसी मार्दै गरेका बर्जित र नामेट राजसंस्थाका पक्षधरहरू आन्तरिक ज्यानी दुश्मन बनेका छन्।
२००७ सालमा प्रजातन्त्र मात्र भित्रिएन परतन्त्र समेत भित्रियो, जनताको हक अधिकारको नाममा सत्ता परिवर्तनको खेल शुरु भयो। नेताहरूमा राजाको समिप रहने रुची बढ्यो, परचक्री छिमेकीको बसीभूतमा नेता लाट्टीए। देशमा अस्थिरता सुरु भयो। यो क्रम बिचमा रोकिएपनि ०४६ सालपछि झनै मौलाएर आयो। ०६२–६३ हुँदै कम्युनिस्ट दुई तिहाईले त झनै सीमा नै पार गरेको छ। स्वेच्छाचारी एकलबाद नश्लीय चिन्तन पूरै हावी भयो।
नेतृत्वमा आफूलाई निर्विकल्प नै ठाने । पारिवारिक किचलो र अन्य प्रतिकूल अवस्थामा राजाहरूले (रणबहादुर, राजेन्द्र र ज्ञानेन्द्र)हरूले गद्दी त्याग गरे तर सर्वहाराका नेताले आफू नभए देश नै नरहने हठात् देखाए । सात्ता र शक्ति टिकाइ राख्न होटलका मधुसशाला हुन् या कोठे बैठक या त कसैको तेजोबध नै गर्न समेत पछि परेनन्। गणतन्त्र यति दुर्घन्धित भयो कि परिष्कृत पार्नुभन्दा बहिष्कृत बनाउनु उचित ठान्ने अवस्था बन्यो। त्यहि अवस्था र बहुदलीय व्यबस्थाको असफल अनि अलोकप्रियताको फाइदा उठाएर बर्जित राजसंस्थाको पुनर्वाहालीमा एकथरी कनिकुथी बल गरिरहेका छन्।
भूमि रक्षा र फिर्तामा राणाको पनि अद्वीतिय योगदान छ। बस्नेत थापा, पाँडे खलकको पनि उत्तिकै योगदान छ। पृथ्बीनारायणले त स्वीकारेकै छन् यो राष्ट्र बस्नेतको तरवार र पाण्डेको ढालले जोगिएको हो। यदि वंशजको आधारमा राष्ट्रियताको मापन हुन्छ भने शाह वंश किन बस्नेत, पाँडे, राणा, अंशु वर्माको ठकुरी खलक अघि सारे हुन्न?
संघीय गणतन्त्रप्रति जन गुनासो बाक्लिएको नकार्न सकिन्न अपितु गणतन्त्रको विकल्प खोज्ने समय भइसकेको हो त? गणतन्त्रको विकल्प राजतन्त्र नै हो त? यदि हो नै भने पनि शाह वंश नै किन?
भुक्तमान गुप्तदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास बिस्मरण नगरौं। राजसस्थासंग धर्म र संस्कृति जोडिएको हुन्छ, अझ राजालाई बिष्णुको अवतारको रुपमा लिइन्छ हिन्दू धर्ममा। हिन्दू धर्मकै कुरा किन त? प्रश्न जन्मन सक्छ। हिन्दू धर्म नेपालको धर्महरूमध्ये पुरातन धर्म, सभ्यता हो। बौद्व धर्म छैठांै शताब्दीतिर त मुस्लिम धर्मको आगमन रत्न मल्लको पालामा लगभग विस १५५० तिर भने क्रिश्चियनको सुरुवाद तिन दशक जति। जे होस् मेरो प्रश्न हिन्दू धर्म सस्कृति जगेर्ना र प्रवर्द्धनमा शाह बंशको उपस्थिति कहाँ र कति? थियो भन्ने हो।
हिन्दूहरूको मन्दिरहरू मध्ये विशेस मानिने पशुपति मन्दिर प्रचण्ड देवले निर्माण गरे अनि राष्ट्रिय देवता मान्यता अंशु वर्माले। हिन्दू धर्मसँग आस्था गाँसिएका यस्ता धेरै मठ मन्दिर निर्माणमा मध्यकालीन युग (लिच्छिबी बंश)नै अग्रसर देखिन्छ। विदेश नीति पनि त्यस ताकाको निकै प्रभावकारी पाइन्छ। तिब्बत र भारतसँगको मित्रता सन्तुलन राख्न अंशु वर्माले बहिनि भारतका सम्राट हर्शवर्धनलाई अनि छोरी चीनका स्रोंग्चोंग गम्पोसंग बिवाह गरिदिएर पनि छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलन गरेका थिए।
भूमि रक्षा र फिर्तामा राणाको पनि अद्वीतिय योगदान छ। बस्नेत थापा, पाँडे खलकको पनि उत्तिकै योगदान छ। पृथ्बीनारायणले त स्वीकारेकै छन् यो राष्ट्र बस्नेतको तरवार र पाण्डेको ढालले जोगिएको हो। यदि वंशजको आधारमा राष्ट्रियताको मापन हुन्छ भने शाह वंश किन बस्नेत, पाँडे, राणा, अंशु वर्माको ठकुरी खलक अघि सारे हुन्न?
लेखक हाल दक्षिण कोरियामा कार्यरत छन्



कागजपत्र |
