यसकारण प्रेम राई अख्तियार प्रमुखमा आवश्यक हुन्


काठमाडौं– संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि पूर्वगृह सचिव प्रेमकुमार राईलाई सिफारिस गरेपछि उनीविरुद्ध मिथ्या हल्ला फिँजाउन थालिएको छ।

राजनीतिक अभिष्टका आधारमा मिडियाको उपयोग गरी राईको निजामती जीवनको उपहास गर्ने प्रयत्नका साथ प्रोपोगान्डा चलाउन थालिएको हो।

निजामती सेवाको लामो अनुभव भएका उनी भ्रष्टाचरविरोधी प्रशासकका रुपमा परिचय बनाउन स्थापित थिए। राई ‘सादा जीवन उच्च विचार’को दिनचर्यामा छन्। उनलाई चिन्ने कर्मचारी र अधिकारीहरू भन्छन्,‘यत्तिको कुशल प्रशासक च हामीले देखेका थिएनौं, अख्तियार  प्रमुखका लागि संवैधानिक परिषदले सही व्यक्ति चुनेको छ।’

जीवनकालभरी राईले सेवाग्राहीलाई कहिले पनि दुख दिएनन्। बरु, प्रशासनिक हिसाबमा न्यायका लागि पहलकदमी गरेका थिए। उनकै सचिवको कार्यकालमा राजनीतिक आडमा बालुवाटार ललिता निवासमा भएको भ्रष्टाचार र हेराफेरीको विषय सतहमा आएको थियो।

पछिल्लो पटक गृह सचिवको कार्यकाल सम्हाल्दा सुरक्षा निकायलाई चुस्त र दुरुस्त बनाउनका लागि राईको पहलकमदी रह्यो। ‘खासगरी राजनीतिक नेतृत्वले प्रहरीमा लविङ, कर्मचारीतन्त्रमा आफ्ना मान्छेको सिफारिस लिएर आउँथे तर राईले लय मिच्न दिनुभएन’, उनीसँगै काम गरेका गृह मन्त्रालयका एक जना अधिकारी भन्छन्,‘मन्त्रालयमा कर्मचारीको अनुशासन, कार्यप्रगतिको सम्झौताका विषय पनि उहाँकै कार्यकालमा सुरु भएको थियो।’

गरेका कामको प्रचार भन्दा प्रभावलाई राईले ध्यानमा राखेका थिए। उनी मिडियामा खासै रुची राखेर प्रचारात्मक हुने शैलीमा कहिले पनि उपस्थित नभएको गृहका अधिकारीहरूको कथन छ।

अख्तियारमा सहसचिव र सचिवका रुपमा काम गरिसकेका राईलाई भ्रष्टाचार निवारणका लागि कसरी प्रशासनिक काम गर्नुपर्छ भन्ने राम्रो अनुभव छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएको प्रशासक भनिए पनि कतिपय निर्णयमा प्रधानमन्त्रीसमेतलाई कन्भिन्स गर्न सक्ने खुबी भएका राईले गृह प्रशासनमा धेरै सुधार गरेका थिए।

अलपत्र र विजोग अवस्थामा रहेका बेला राईले गृह सचिवको जिम्मेवारीमा पदबहाली गरेका थिए। उनको कार्यकालका दौरानमा नेपाल कम्युनिस्ट पार्टीका नाममा नेत्र विक्रम चन्द विप्लवको गतिविधि व्यापक थियो। जसलाई सुरक्षाकर्मीको परिचालनका आधारमा राईको निर्देशनमा खुम्च्याउने काम भएको थियो।

‘उहाँले पृथकतावादी र विखण्डनकारी शक्तिहरूको प्रयोगलाई नियन्त्रणमात्र होइन, शान्ति सुरक्षाका हिसाबले मूलधारमा ल्याउन पनि सहयोग र समन्वय गर्नुभयो’, अधिकारीहरू भन्छन्। राईको कार्यकालमा स्वतन्त्र मधेसको माग गरेका सीके राउतलाई पक्राउ गरी राजनीतिक मूलधारमा ल्याइएको थियो। जसले अहिले शान्तिपूर्ण राजनीतिका लागि जनमत पार्टी गठन गरेका छन्।

नेपालमा विम्स्टेक शिखर सम्मेलन, लगानी सम्बन्धी सम्मेलन भएको थियो। जसको सुरक्षा चुनौतिलाई सहजीकरण गर्ने व्यवस्थापकीय जिम्मेवारी राईले गरेका थिए। यति मात्र होइन, उनको गृह प्रशासनको भरोसाका कारण नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनलगायतको भ्रमण र सवारी व्यवस्थापनमा सरकार सफल भएको थियो।

‘गृह मन्त्रालयकै भौतिक संरचनाहरूको सम्बद्र्धनमा राईको योगदान बलियो थियो। प्रहरी संरचना र संगठनलाई चुस्त र दुरुस्त बनाउने काममा पनि उहाँको सक्रियता थियो’, गृहका अधिकारीहरू जोड्छन्,‘यस्ता निश्चल छवि र व्यवस्थापकीय भूमिकामा सफल व्यक्ति अख्तियार जस्तो बलियो संवैधानिक अंगको प्रमुख बनेपछि मुलुकमा प्रभावकारी काम हुनेछ।’

प्रतिक्रिया