
सिरहामा २७६ किलो गाँजा झाडीमा फेला
सिरहा- सिरहामा बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको छ। प्रहरीले झन्डै तीन क्वीन्टल गाँजा बरामद गरेको जनाएको छ।
सिरहा प्रहरीले दिएको जानकारीअनुसार शनिबार राति कर्जन्हा नगरपालिका कार्यालयदेखि करिब ३०० मिटर दूरीमा रहेको झाडीभित्र ११ वटा बोरामा गाँजा लुकाइएको अवस्थामा फेला परेको हो।
बरामद गरिएको गाँजा तौल गर्दा २७६ किलोग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। गाँजा त्यहाँ कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



कागजपत्र |
