कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने


काठमाडौं – कुवेत एयरवेजले काठमाडौं–कुवेत हवाई उडान पुनः सुरु गर्ने भएको छ। पश्चिम एसियामा उत्पन्न युद्धजन्य परिस्थितिका कारण केही समय रोकिएको उडान सेवा अब पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

एयरवेजका अनुसार अब काठमाडौं–कुवेत रुटमा साप्ताहिक दुई वटा उडान सञ्चालन हुनेछ। नियमित उडान मंगलबार र बिहीबार गर्ने तय गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको भाडादरअनुसार काठमाडौं–कुवेत रुटको न्यूनतम एकतर्फी हवाई भाडा ९११ अमेरिकी डलर तोकिएको छ।

कुवेत नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकमध्ये एक भएकाले उडान पुनः सुरु भएपछि यात्रु आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया