प्रहरी जवानलाई यौनक्रिडामा भुलाएर भाग्न सफल ‘कैदी नाइके’ यामराज पक्राउ


काठमाडौं – दाङको घोराही कारागारका फरार कैदी नाइके पक्राउ परेका छन्। उपचारको वहानामा घोराही कारागारबाट निस्किएर फरार भएका यामराज परियारलाई प्रहरीले नेपाल–भारतको सीमाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङको विश्वस्त स्रोत अनुसार आइतबार राति फरार रहेका कारागार नाइके परियारलाई बाँकेस्थित भारतको सीमाबाट पक्राउ गरेर दाङ ल्याइएको हो। हाल परियारमाथि थप सोधपुछ कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन आज बेलुकी ४ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्र भारतबाट समातेको हो।

००००
कारागारबाट उपचारको बहानामा त्यहाँबाट निकालिएको र प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्स थियो।

कैदी फरार भएको विषयलाई लिएर जिल्ला अदालत दाङले पक्राउ अनुमति दिएपछि घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका थिए। लगत्तै जेलर परियारसहित ७ जना पक्राउ परे।

कारागारका नाइके भागेको प्रकरणमा कारागारका जेलर परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो।

जेलर परियारलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरिएपनि कारागार विभागको महानिर्देशकको दबाबमा मुद्धा दर्ता नगरि हाजिरी जमानतमा छाडिएको थियो।

कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका–३ घर भएका २९ बर्षीय परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा ९ पुसमा भगाइएको थियो।

उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर अस्पताल गएका थिए। तर उनीहरु अस्पताल नगई होटलमा पुुगेको र त्यहिँबाट परियार भागेका थिए।

प्रहरी र कैदी परियारले घोराहीकै थकाली होटलमा दुुई जना महिलालाई लिएर गएको अनुसन्धानबाट खुलेको थियो। जवान चौधरीलाई यौनलिलामा भुलाएर परियार चौधरीकै मोटरसाइकल लिएर भागेका थिए।

कैदी परियारले प्रहरी जवानलाई आफ्नो प्रेमिकासहित होटलको कोठामा थुुनेर भागेको बताइएको छ। भाग्न प्रयोग गरेको मोटरसाइकल लमही –६ बेलदमारको जंगलमा फेला परिसकेको छ।

नाइके परियार फरार प्रकरणमा प्रहरी जवानसहित एक युवती पुर्पक्षका जेल चलान भइसकेका छन्। दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै जवान चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका–१० की २२ वर्षीया समी चौधरीलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएका थिए।

उनीहरूलाई कारागारका नाइके यमराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो। थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक ठकुरीसँग १० हजार र प्रहरी हवल्दार थारुलाई ५ हजार धरौटीमा छोड्न अदालतले आदेश गरेको थियो।

सो प्रकरणमा युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको आरोप लागेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका–१६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको थियो।

कारागार विभागले अनुमति नदिएपछि पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने पुस १६ गते नै छुटिसकेका छन्।

प्रतिक्रिया