सई तामाङसहित १४ प्रहरीलाई हेडक्वार्टरको ताकेता, ७ दिनभित्र सम्पर्कमा नआए जागिर चट् !


काठमाडौं — प्रहरी प्रधान कार्यालयले सई प्रविन तामाङसहित १४ जना प्रहरीलाई ७ दिने सूचना जारी गरेको छ ।

हेडक्वार्टरले प्राविधिक प्रहरी नायव निरीक्षक (सई) , एक जना प्रहरी नायव निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

हेडक्वार्टरले सई तामाङसहित असई सविन बाम्पला मगर, हवल्दार गेनालाल महतो, प्राविधिक सहायक हवल्दार ईश्वरचन्द्र कार्की, दिपेन्द्र बहादुर मल्ल, खुमबहादुर बस्नेत, सिर्जना बाकाबल, रघुनाथ केसी, टुपेन्द्र बहादुर सुनुवार, लुमकुमारी श्रेष्ठ, हरिकुमार रसाली, नविन सुनार, सागर तामाङ र जुनु स्याङ्बो लामा रहेका छन् ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो।

लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना सई र एक जना असई, दुई जना हबलदार र १० जना प्रहरी जवान छन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको हो।

उनीहरुलाई आफू गैर हाजिर हुनुको मनासिब कारणसहित एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ।

 

प्रतिक्रिया