घोराही कारागारका जेलरसहित असई र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी


घोराही-घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर, सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक र हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापर्वाही देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेश कुमार थारुका नाममा पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले पुष्टि गरे ।

कर्तव्य ज्यान मुुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय यामराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनि मिलेमतोमा भगाईएको प्रहरीको निष्कर्ष निकालेपछि जेलर र सुरक्षा प्रमुखलाई अनुसन्धानका लागि तानीएको थियो ।जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ भने सुरक्षा प्रमुखमा प्रहरी नायव निरीक्षक नन्दराम केसीको कमाण्डमा सात जना खटाइएको छ ।

गत बुधबार कारागारका नाईके परियारलाई उपचारका लागि प्रहरी जवान धनबहादुर चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाईकलमा लिएर गएका थिए । तर उनिहरुतर उनीहरु अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरी र कैदी घोराहीकै थकाली होटलमा दुई जना महिलासहित पुगेकाे अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न भएका प्रहरी जवानसहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, ती दुुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

होटलबाटै कैदी परियार भागेका हुन् ।

प्रतिक्रिया