पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं – मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा कनेक्सन देखिएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा उनको कनेक्सन देखिएको बताएको छ ।

उनी भने अहिले फरार रहेको जनाइएको छ ।

यो प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया