सर्वोच्चद्वारा पूर्व आईजीपी दानबहादुर कार्कीको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी


काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर, अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश भएको छ । आदेश भने सार्वजनिक भइसकेको छैन ।

 

प्रतिक्रिया