फरार कारागारका नाइकेले ‘मुद्दा मिलाइदिन्छु’ भन्दै थुनुवासँग पैसा लिएको खुल्यो


दाङ – फरार घोराही कारागारका नाइके यामराज परियारले कारागारमा भएकाहरुलाई मुद्दा मिलाइदिन्छु भन्दै पैसा लिएको खुलेको छ।

उनले मुद्दा मिलाउन सहयोग गर्छु भनेर एकजना लागूऔषधका थुनुवासँग पाँच लाख बढी र अर्का एक जनासँग पनि त्यतिकै रकम असुल गरेको तथ्य फेला परेको हो।

घटना अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार नाइके परियारले वकिललाई पैसा खुवाउनुपर्छ भनेर उनीहरूसँग पैसा लगेको कागज नै गरेको देखिएको छ। ‘परियारले त्यसअघि पनि त्यस्ता काम गरेको देखिएको छ’, ती अनुसन्धानमा संलग्न अधिकारीले भने।

गत ८ पुस दिउँसो प्रहरी जवान धनबहादुर चौधरीलाई एक युवतीसँग घोराहीस्थित एक होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर उनी भागेका थिए।

प्रतिक्रिया