गृहमन्त्री लामिछानेले ‘नुनको सोझो’ गर्दा शीर्षस्थानकै अधिकृत ‘डस्टबिन’मा !


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले नेपाल प्रहरीमा करिब ६ महिनादेखि रोकिइराखेको प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट प्रहरी उपरिक्षक (एसपी) अन्ततः बढुवा गरेका छन् । तर, लामोसमयदेखि रोकिइराखेको एसपी बढुवाको सूचीमा बरियताको पहिलो नम्बरमै रहेका अधिकृत भने अटेका छैनन् । ८ जनाको बढुवा सिफारिस गरिएको सूचीमा पहिलो नम्बर र छैटौं नम्बरका अधिकृत नै छुटेका छन् भने नवौं र १२ औं नम्बरका डिएसपीले एसपीमा ‘इन्ट्री’ पाएका छन् ।

८ जनाको रिक्त रहेको एसपी पदका लागि २०७२ साल साउन १ मा डिएसपी बढुवा भएकामध्ये १२ जना प्रतिस्पर्धामा थिए । ती १२ मध्ये ८ ले बढुवा सिफारिस हुँदा पहिलो नम्बरका प्रदीपबहादुर क्षेत्री र छैटौं नम्बरमा रहेका नारायण रञ्जीतकार बढुवा सिफारिस सूचीमा परेनन् । त्यस्तै दोस्रो नम्बरका अंगुर जिसीलाई दोस्रोमै कायम गरेर तेस्रो नम्बरका ढकेन्द्र खतिवडालाई पहिलो नम्बरमा तानिएको छ । नवौं नम्बरका सन्तोष तामाङ फड्को मार्दै चौथो नम्बरमा बढुवा सिफारिस भएका छन् भने १२ औं नम्बरका विनोद घिमिरे ८ औं नम्बरमा बढुवा भएका छन् ।

पद बहाली गरेसँगै सरुवा बढुवाको मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएका आईजी कुँवरले अहिले किन मापदण्ड मिचे ? प्रहरी कर्मचारीको हितमा काम गर्दै आएका आईजी कुँवर यसपटक भने नराम्रोसँग चुकेका छन् । यदि अहिले बढुवा भएकालाई समेट्नु नै उनले आफ्नो सफलता ठान्छन् भने बरियतामा शीर्ष स्थानमा रहेकाहरूलाई बढुवामा पार्न नसक्नु चाहिँ उनको कमजोरी पनि हो । मातहतका कर्मचारीहरुको मनोबल बढाउनु पर्नेमा प्रहरीका हरेक नेतृत्व चुकेका देखिन्छन् । संगठनमा यसअघि पनि बरियता र मापदण्ड मिचिएकै कारण कतिपय काबिल अधिकृतहरुले समयभन्दा अगाडि नै संगठन छाडेका उदाहरण नभएका होइनन् ।

प्रचण्ड र ओलीकै निगाहमा गृहमन्त्री बनेका वाकपटुताका धनी लामिछानेले एसपी बढुवामा उनीहरूकै पूर्वपिएसओहरूलाई समेटेर गरेर ‘नुनको सोझो’ गरेको जस्तो देखिएको छ ।

नेतृत्वको यस्ता किसिमको कार्यले जुनियर अधिकृतहरु पक्कै पनि हतोत्साहित बन्ने गर्दछन् । पछिल्ला दिनमा संगठनलाई थाहा दिएर र नदिएरै पनि संगठन छाड्ने प्रहरीहरुको संख्या बढ्दोक्रममा नै छ । अझै नेतृत्वबाट यस्तै व्यवहार भइरह्यो भने त्यो संख्या अझै बढ्ने देखिन्छ ।

एसपीका लागि पछिल्लो बढुवा सूचीले प्रहरीमा अझै पनि राजनीति हाबी रहेको प्रष्ट देखिएको छ । गृहमन्त्री बन्नासाथ बरियताकै नाराले कण्ठ सुकाउने गरेका गृहमन्त्री पनि अहिले गठबन्धनका अगाडि ‘नतमस्तक’ बनेका छन् ।

पछिल्लो सत्ता गठबन्धनका प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कुनै बेलाका पिएसओ विनोद घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओलीका पिएसओ रहेका सन्तोष तामाङ बढुवा हुँदा बरियताकै शीर्षस्थानमा रहेका अधिकृत फालिएका हुन् । तामाङ संगठनमा उत्कृष्ट रहे पनि यसभन्दा अगाडि राजनीतिक खिचातानीमा परेर बढुवा हुनबाट बञ्चित भएका अधिकृत हुन्, यद्यपि उनी यसपटकको बढुवा बरियताको नवौं नम्बरमा रहेका थिए । तर घिमिरे भने कार्य क्षमता र नेतृत्वमा प्रश्न उठिरहने विवादित प्रहरी अधिकृत हुन् । तर उनी यसपटक भने प्रचण्ड प्रधानमन्त्री भएकै बेला एसपी बढुवामा बाजी मार्न सफल भएका छन् ।

प्रचण्ड र ओलीकै निगाहमा गृहमन्त्री बनेका वाकपटुताका धनी लामिछानेले एसपी बढुवामा तामाङ र घिमिरेलाई बढुवा गरेर ‘नुनको सोझो’ गरेको जस्तो देखिएको छ । हुन त, एसपी बढुवाका लागि आईजीकै मुख्य अधिकार र जिम्मेवार रहने देखिए पनि लामोसमयदेखि राजनीतिक दबाबकै कारण रोकिएकोमा कुनै द्विविधा छैन । यदि आईजी कुँवरले एसपी बढुवाका लागि संगठनको र एकल निर्णय गर्न सक्ने भए अन्य पदहरुको बढुवामा विवादरहित बनेका आईजीले पछिल्लोपटक बदनामको ‘ट्याग’ भिर्ने कोशिश गर्ने थिएनन् होला शायद । मापदण्ड र बरियताको हुँकार गर्दै आएका गृहमन्त्री र आईजीमा कतिसम्मको राजनीतिक दबाब रहेछ भन्ने कुरा यस बढुवा सूचीले पुष्टी गरेको छ ।

पछिल्लो समय नेपाली कांग्रेससँग ‘वाकयुद्ध’मा उत्रिएका लामिछानेले त्यसको रिस क्षेत्रीमाथि पोखेका छन् । नेपाली कांग्रेस नेतृका श्रीमान् भएकै कारण लामिछानेले क्षेत्रीलाई बरियताको एक नम्बरमै भए पनि बढुवाबाट बञ्चित गराएका छन् ।

गृहमन्त्री लामिछानेले यसअघि गर्ने चर्का भाषणहरुमा संगठनमा नीति र नियमभित्र रहेर सरुवा बढुवा गर्ने कोकोहोला मच्चाइरहँदा शीर्ष नम्बरमा रहेका क्षेत्रीलाई बढुवाबाट बञ्चित गराएर आफ्नो स्वार्थसिद्ध नमूना सावित गरेका छन् । पछिल्लो समय नेपाली कांग्रेससँग ‘वाकयुद्ध’मा उत्रिएका लामिछानेले त्यसको रिस क्षेत्रीमाथि पोखेका छन् । नेपाली कांग्रेसका नेतृकै श्रीमान् भएकै कारण लामिछानेले क्षेत्रीलाई बरियताको एक नम्बरमै भए पनि बढुवाबाट बञ्चित गराएका छन् ।

संगठनभित्र सर्वाधिक शक्तिशाली मानिएका दुई अधिकृतहरुले बढुवाको रिक्त पदको बरियताक्रममा नभए पनि बढुवाका साथ एसपीमा ‘इन्ट्री’ मार्दा बरियताको शीर्षस्थानमा रहेका क्षेत्री र रञ्जीतकारको नाम ‘डस्टबिन’मा फालिएको छ । त्यतिमात्र नभई दोस्रो बरियतामा रहेका काबिल अफिसर अंगुर जिसीलाई यथास्थानमै राखेर तेस्रोका ढकेन्द्र खतिवडालाई शीर्ष बरियतामा बढुवा गर्दै अगाडि सार्दै गृहमन्त्रीले अर्को अभिष्ट पूरा गरेका छन् ।

डीएसपीबाट एसपी बढुवाका लागि प्रहरी महानिरीक्षक आईजीपी अध्यक्ष, गृह मन्त्रालयका सहसचिव सदस्य र आईजीपीले तोकेका एआईजी वा डीआईजीमध्ये एक जना सदस्य–सचिव हुने व्यवस्था छ।

उक्त समितिले कार्यसम्पादन मूल्याकंन, ज्येष्ठता वापतको अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम वापतको अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापको अंक र बढुवा समितिले दिने अंकको आधारमा बढुवा गर्ने मान्यता रहे पनि बाह्य दबाबका कारण समितिले गरेका कतिपय कार्यहरू विवादरहित बन्न सकेका छैनन् ।

प्रतिक्रिया