नेपाली बलरसामू स्कटल्याण्ड धरासायी, सन्दीपले ४ विकेट लिँदा नेपालले पायो ९८ रनको लक्ष्य


काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको छ । स्कटल्याण्डविरुद्धको खेलमा नेपाली बलरहरु सामू ब्याट्सम्यानहरु टिक्न नसकेपछि नेपालले २० ओभरमा उक्त लक्ष्य पाएको हो ।

पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध तेस्रो सुपरओभरमा ब्यहोरेको हार बिर्साउने गरी टस जितेर फिल्डिङका लागि मैदानमा उत्रिएको नेपालका बलहरुले सुरुवात देखि नै स्कटल्याण्डलाई धरासायी बनाउँदै उत्कृष्ट सुरुवात दिलाए । नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै स्कटल्याण्ड १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाउँदै नेपाललाई उक्त लक्ष्य दिएको हो ।

३ रन बनाउँदा पहिलो विकेट गुमाएको स्कटल्याण्डले २४ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । त्यसपछि छैटौं विकेटका लागि ६३ रन जोडेको स्क्टल्याण्डको इनिङमा सन्दीप लामिछानेले धरासायी बनाउँदा नेपालले उक्त लक्ष्य प्राप्त गरेको हो ।

नेपालका लागि सन्दीप लामिछानेले चार ओभरमा ११ रन दिँदै चार विकेट लिएका छन् भने करण केसीले २ विकेट लिँदा ललितनारायण राजवंशीले १ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट हात पारे ।

प्रतिक्रिया