१ करोड २९ लाखको बैंकिङ कसुरमा फरार कार्की काठमाडौंमा पक्राउ


काठमाडौं- बैंकिङ कसुर मुद्दामा फरार रहेका श्यामकुमार कार्की काठमाडौंमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कलंकीस्थित खसीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

चन्द्रागिरी नगरपालिका–१४ निवासी ६१ वर्षीय कार्की एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए। लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको अभियुक्त कार्की अन्ततः प्रहरीको फन्दामा परेका हुन्।

पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया