प्राविधिक शिक्षा नै किन रोज्ने ?


मानव जीवन‌मा शिक्षाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । अझ भनौँ प्राविधिक शिक्षा जीवनको अँध्यारो कुनाबाट मानिसलाई उज्यालोतर्फ डोर्याउने माध्यम हो । प्राविधिक शिक्षाले मानव जीवनको गोरेटेको खुट्किलाहरूमा साहसिक निर्णय गर्न सहयोग गर्ने हुँदा, मानव जीवनमा आइपर्ने समस्याहरूलाई सजिलै समाधान गर्न प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

शिक्षाको अनेकौँ विधाहरुमध्ये साहित्यिक विधामा नवरसहरु भएझैँ, प्राविधिक विद्यामा जीवनरस भएको अनुभुत गर्न सकिन्छ । प्राविधिक शिक्षा अझ भनौँ सिभिल इन्जिनियरिङले मानिसको व्यक्तित्व विकासमा के-कति प्रभाव पारेको छ र के कस्ता भूमिका खेल्छ भन्ने कुरा थाहा पाउनुपर्दछ ।

शिक्षा आर्जन गर्ने क्रममा आफूले पाएको अवसरलाई उपयोग गरेर प्राविधिक शिक्षा विद्यार्थीको हिसाबले यस किसिमको शिक्षाको महत्वबारे सामान्य हिसाबले मूल्यांकन सक्ने भएकोले ब्यबहारिक ज्ञान र विद्वताले मानिसलाई सक्षम र आत्मनिर्भर बनाऊन सहयोग गर्ने कुरा थाहा पाउन सकें । भर्खरै कक्षा ९ र १० मा पढ्दै गरेका नौजवानहरुलाई प्राविधिक शिक्षाको गोरेटोमा जोड्न पाए देशको शैक्षिक बेरोजगारीको समस्यालाई निराकरण गर्न सकिन्छ । समाजमा संवाहकको रुपमा समाज रुपान्तरणका निम्ति दक्ष जनशक्तिलाई सहि सदुपयोग गर्न सकिने कुरा नभनीकन  र नलेखीकन बस्नै  सकिन्छ। किनकी जुन कुरा यथार्थमा आधारित छ  ।

अझ भनौं नेपाल एक विकासोन्मुख मूलुक र विकासलाई पछ्‌याउँदै गरेको राष्ट्र भएको कारण देशमा उक्त प्राविधिक जनशक्तिको खाँचो रहेको कुरा नकार्न सकिदैँन । मुलुकमा भएको बेरोजगारीको कारण दैनिक सयौं युवा जनशक्ति विदेशिनु परेको विडम्वना घाम झैँ छर्लङ्ग छ । र जुन समस्यालाई निराकरण गर्न र देशमै  रोजगारीको अवसर सिर्जना गरी जनशक्तिलाई स्वदेशमै खपत गर्नको निम्ति प्राविधिक शिक्षाको अपरिहार्य आवश्यकता रहेको पाइन्छ ।

देशमा आर्थिक हिसाबले विपन्न र निम्न मध्यमवर्गीय आर्थिक अवस्था भएका व्यक्तिहरूले पनि सजिलै कक्षा ९ देखी कक्षा १२ सम्म प्राविधिक विषय पढी शैक्षिक विद्वता हासिल गर्न सक्ने हुँदा सिभिल इन्जिनियरिङ्ग लगायतका अन्य प्राविधिक विषयको ज्ञान लिई योग्य र दक्ष नागरिक बन्नको निमित्त अहम् भूमिका खेल्ने गरेको हुँदा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने उक्तिलाई पनि चरितार्थ गर्न सकिन्छ ।

र, कक्षा ९ देखी उक्त कोर्ष  पढ्न नपाएको खण्डमा माध्यमिक शिक्षा परीक्षा पश्चात् प्रि-डिप्लोमा (१८ महिने) कोर्ष र डिप्लोमा कोर्ष अध्ययन गरि सबल र सक्षम जीवनयापन गर्न सक्ने कुरामा कुनै दुइमत छैन ।

र अन्त्यमा संस्कृतमा एउटा श्लोक छ “तमोसोमा ज्योतिर्गमय” जसको अर्थ हुन्छ, अँध्यारोबाट उज्यालोतर्फ हो, त्यस्तै प्राविधिक शिक्षाले मानव जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ धकेल्न मदत गर्ने हुँदा प्राविधिक शिक्षा नै रोज्नुपर्ने र नियामक निकाय र सरकारले पनि प्राविधिक शिक्षामा जोड दिनुपर्ने र सो सँग सम्बन्धित ऐन कानुन बनाउनु अपरिहार्य देखिन्छ ।

(लेखक गीतामाता माध्यमिक विद्यालयका प्राविधिक शिक्षक हुन्)

प्रतिक्रिया