१० लाख रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार अब बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने


काठमाडौं – अब १० लाख रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत् गर्नुपर्ने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ कार्यान्वयनमा ल्याउँदै नयाँ व्यवस्था लागू गरेको हो।

निर्देशनअनुसार १० लाखदेखि ५० लाख रुपैयाँसम्मको घरजग्गा कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानीमार्फत गर्न सकिनेछ। तर, ५० लाख रुपैयाँभन्दा बढी मूल्यको कारोबार चेकमार्फत भएमा गुड फर पेमेन्ट चेकमार्फत बिक्रीकर्ताको नाममा गर्नुपर्ने व्यवस्था गरिएको छ।

यससँगै अब घरजग्गा खरिद गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको प्रमाणसमेत लिखतका साथ संलग्न गर्नुपर्ने हुन्छ।

नयाँ नियमअनुसार तीन करोड रुपैयाँभन्दा बढी मूल्यको कारोबार भएमा त्यसको विवरण वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।

सरकारले यो नियम सम्पत्ति शुद्धीकरण रोकथाम र वित्तीय पारदर्शिता सुनिश्चित गर्न ल्याएको हो।

 

प्रतिक्रिया