ट्रक र माइक्रो ठोक्किँदा २ को मृत्यु, २ घाइते


रौतहट – रौतहटमा दुई वटा सवारीसाधन ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

बुधबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मंगलपुरमा ट्रक र विद्युतीय सोकोन गाडी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको गाडी र विपरीत दिशाबाट गइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा माइक्रोमा सवार सर्लाहीको रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उनीहरुको चन्द्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्रक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया