प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगलाई डिमान्ड शुल्क छुट दिने, कुन उद्योगले कति छुट पाउने ?


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगलाई डिमान्ड शुल्क छुट दिने भएको छ । कोभिड–१९ का कारण उद्योगहरू प्रभावित भएको भन्दै प्राधिकरण सञ्चालक समितिले गत साउन २३ मा डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार प्राधिकरण सञ्चालक समितिले डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो ।

प्राधिकरण सञ्चालक समिति बैठकले लकडाउन सुरु भएको महिना २०७६ चैतदेखि २०७७ असारसम्म उत्पादनमूलक उद्योगलाई डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो । सञ्चालक समितिले ‘सरकारले तोकेका उत्पादनमूलक उद्योगहरूको डिमान्ड शुल्क छुट दिने’ भनी गरेको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले बुधबार सूचना जारी गरेको छ ।

‘निर्णयमा उत्पादनमूलक उद्योग भनिए पनि उत्पादनमूलक उद्योगको सूची थिएन,’ प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, ‘उद्योग मन्त्रालयले आधिकारिक सूची तयार पारेर पठाएपछि सूचना जारी गरिएको हो ।’ कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र लकडाउनको अवधिमा विद्युत् खेर गएको भन्दै सरकारले डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो ।

गत चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ प्रभावित उद्योगलाई राहत दिने भन्दै विद्युत् मागभन्दा बढी उत्पादन भएको अवस्थामा उत्पादनमूलक उद्योग प्रतिष्ठानलाई सो अवधिमा खपत गरिएको विद्युत् महसुलमा उद्योगको प्रकृति हेरी ३० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको थियो ।

उद्योगहरूले चैतदेखि असारसम्मको डिमान्ड शुल्क बुझाइसकेकाले आगामी महसुलमा यसलाई समायोजन गरिने तिम्सिनाले जानकारी दिए । उनका अनुसार यसअघि उत्पादनमूलक उद्योगको परिभाषा प्रस्ट नभएकाले उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐनअन्तर्गत बनेको औद्योगिक नियमावलीमा यसलाई परिभाषित गरेको छ । उत्पादनमूलक उद्योगअन्तर्गत सिमेन्ट, प्लास्टिक, इँटा, रड, मल, चिनी उत्पादन गर्नेसहित जुस, तार, छाला प्रशोधन गर्ने, बालुवा प्रशोधन गर्ने, धागो कपडा उत्पादन, पानी प्रशोधन गर्ने जस्ता उद्योगलाई राखिएको छ । विद्युत् नियमन आयोगको निर्णयअनुसार २०७७ साउनयता प्राधिकरणले सबै ग्राहकका लागि नयाँ विद्युत् महसुल निर्धारण गरेको छ ।

विद्युत् महसुल निर्धारणका लागि यसअघि २०७३ मा बनाइएको विनियमावलीका अनुसार ६६ केभीए र सोभन्दा माथिल्लो भोल्टेजका ग्राहकले प्रतिकेभीए प्रतिमहिना २ सय ६५ रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्ने व्यवस्था थियो । यस्तै ३३ केभीएको लाइनबाट विद्युत् लिइरहेका औद्योगिक ग्राहकले प्रतिमहिना प्रतिकेभीए २ सय ७५ रुपैयाँ डिमान्ड शुल्क तिर्नुपर्ने व्यवस्था थियो । ११ केभीको लाइनबाट विद्युत् लिइरहेका औद्योगिक ग्राहकले प्रतिकेभीए प्रतिमहिना २ सय ७५ रुपैयाँ डिमाण्ड शुल्क तिर्नुपर्ने व्यवस्था विनियमावलीमा थियो ।

यी हुन् डिमान्ड शुल्क छुट पाउने उधोगहरु :

Image may contain: text that says 'सिलाई बुनाई खनिज अध्ययन तथा अनुसन्धान वर्ष अनुसन्धान तथा विकास सेवा उत्पादन मूलक उद्योग सिमेन्ट उत्पादन गर्ने दुझ वातावरणी प्लास्टिकका सामान गर्ने मूल्यादन इटा, टायल उत्पादन गर्ने आइरन ड उत्पादन गर्ने व्याट्री वेट सेल) गर्ने रासायनिक उत्पादन गर्ने अर्गानिक मल उत्पादन गर्नें लुब्रिकेन्ट्स उत्पादन गर्ने दुईवर्ष चिनी उत्पादन गने १०. खॉडसरी (सखखर) उत्पादन गने दुईवर्ष मिल मिल दाल मिल वर्ष जुस उत्पादन गर्ने सफ्ट ट्रिड्ठ उत्पादन गर्ने दुईवर्ष दुईवर्ष ২७ Shot on OnePlus imsina'
No photo description available.
No photo description available.

विवरण प्राधिकरणको फेसबुकबाट

प्रतिक्रिया