नेकपा विभाजनको प्रभाव प्रेस संगठनमा, ओली पक्षका पत्रकारको राष्ट्रिय भेला सुरू


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको प्रभाव प्रेस संगठनमा पनि देखिएको छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरका पत्रकारको राष्ट्रिय भेला माघ ६ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो । आज नेपाल कम्युनिस्ट पार्टी ओली पक्षधरका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सुरु भएको छ ।

आज बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला कार्यक्रम सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका हुन् । भेलामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताएका छन् । सो कार्यक्रममा देशभरिबाट सहभागी हुन आउन पनि अपिल गरिएको छ ।

प्रतिक्रिया