
सञ्चार स्वतन्त्रतामाथिको हस्तक्षेप निरंकुशताको संकेत : शेखर कोइराला
काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चारकर्मी र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप सह्य नहुने बताएका छन्।
बुधबार बेलुका सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत प्रतिक्रिया दिँदै कोइरालाले सञ्चारमाध्यमप्रति सरकारले देखाएको रवैया निरंकुशतासँग मेल खाने बताएका हुन्।
उनले लेखेका छन्, “सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य छैन। अझ सरकार कुशासनको दुष्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरु केही हुन सक्दैन।”
जिल्ला अदालत काठमाडौंले मंगलबार नेपालखबर र बिजमाण्डु डटकमलाई प्रकाशित समाचार हटाउन आदेश दिएको थियो। त्यसै दिन पत्रकार दिलभूषण पाठकलाई समाचारकै विषयमा पक्राउ गर्न अनुमति दिइएको थियो।
कोइरालाको भनाइले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता सुरक्षाका लागि राजनीतिक तहबाट चासो बढ्दै गएको संकेत गरेको छ।



कागजपत्र |
