
संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दाको फैसला असार १८ मा
काठमाडौं – सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दामा फैसला असार १८ गते सुनाउने भएको छ।
अदालत स्रोतका अनुसार, प्रारम्भमा आजका लागि तय गरिएको फैसलाको मिति परिवर्तन गरी असार १८ गते सारिएको हो।
संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले म्याद सरेको जानकारी केहीबेरअघि दिएको थियो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी सम्मिलित इजलासमा पदाधिकारी नियुक्तिविरुद्धको रिटमाथि बहस भएको हो।



कागजपत्र |
