
नक्कली डलर देखाई ठगी गर्ने धनबहादुर तामाङ पक्राउ
काठमाडौं– नक्कली डलर देखाएर विभिन्न स्थानमा ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ स्थायी ठेगाना भएका २९ वर्षीय धनबहादुर तामाङ छन्।
प्रहरीका अनुसार उनले गोकर्णेश्वर, जोरपाटीलगायतका क्षेत्रमा नक्कली डलर देखाई सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएका थिए।
उक्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई बूढानीलकण्ठ नगरपालिका–११ कपन क्षेत्रबाट पक्राउ गरेको हो।
हाल उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
