भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सरकार तयार


काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि सरकारले घटनाबारे छानबिन गर्न समिति गठन गर्ने तयारी गरेको छ।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन्।

‘गृहमन्त्रीको राजीनामाको माग अहिलेको अवस्थामा अनुचित हो,’ गुरुङले भने, ‘तर छानबिन समिति बनाउने विषयमा सहमति नजिकै छ।’

उनका अनुसार विभिन्न दलहरूबीच छानबिन समिति गठनबारे छलफल जारी छ र चाँडै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया