प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित


काठमाडाैं- प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रतिपक्ष दलहरूले अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले बैठक बिहीबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेका हुन्। भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै आएका प्रतिपक्ष दलहरूको नाराबाजीपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन्।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले जेठ १४ गतेयता संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

सभामुख घिमिरेले राख्नुपर्ने विषयहरू दलीय आधारमै राख्नका लागि वातावरण बनाइदिन बारम्बार आग्रह गर्दा पनि सांसदहरूले अवरोध कायमै राखेपछि बैठक स्थगित भएको हो।

प्रतिक्रिया