‘कायर’ कांग्रेस !

गठबन्धनको नाममा ‘पेशा’प्रति अविश्वास र बैमान राजनीतिक दलहरु


आज नयाँ वर्ष २०७९ को पहिलो दिन । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुन बाँकी २९ दिन । अनि उम्मेदवारी दिनका लागि १० दिन बाँकी ।

आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन दलले गठबन्धन नै गर्ने निर्णय गरेका छन् । तर पनि अहिलेसम्मको स्थितिमा भागबण्डा भने मिलिसकेको देखिँदैन । त्यस्तै प्रमुख प्रतिपक्षी एमाले पनि बेपर्वाह झिनामसिना पार्टीहरु खोज्दै हिँडेको अवस्था छ । नेपालका राजनीतिक दललाई पछिल्ला तीन दशकदेखिका ‘कर्म’प्रति आफैं विश्वस्त हुन नसकिरहेको अवस्था छ ।

अहिलेसम्मको परिस्थितिलाई हेर्दा अन्य दलहरुको आडमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस नै गठबन्धनका लागि सबैभन्दा ‘कायर’ र ‘लालची’ देखिएको छ । कांग्रेसको पछिल्ला दिनको अवस्था हेर्दा आफ्ना विगतका कार्यहरुप्रति पूर्ण जानकार रहेको देखिएको छ । जनताले आफूले गरेको कामलाई सही मूल्यांकन गरे भने जनमत नपाउने डरले कांग्रेस त्रसित बनेको हुनसक्छ ।

देशभरका ६ महानगरमध्ये अधिकांश स्थानमा राम्रो अवस्था रहेको अवस्थामा पनि ‘मतपत्र च्यातेकै’ भरमा चुनाव जितेकाहरुसँग त्रसित बनेको छ । समाचारहरु आधिकारिक हुने भने कांग्रेसको सबैभन्दा बलियो महानगरको रुपमा रहेको चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने भन्ने कांग्रेसको निर्णयले अन्य स्थानीय तहको निर्वाचनमा समेत असर पर्ने देखिएको छ ।

प्रजातान्त्रिक पद्धतिबाट पार्टीको नेतृत्व लिन नसकेका व्यक्तिसँगको सहकार्य एमालेलाई पनि ‘शुभ’ रहने संकेतभन्दा पनि ‘त्रास’ को कारक बनेको प्रतीत हुन्छ । राप्रपा नेपाल, परिवार दलसँग एमालेले गरेको गठबन्धनको सम्झौता हतासको सम्झौता देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरबाट पुत्री रेनु दाहाललाई पुनः मेयर बनाउनका लागि जुनसुकै त्याग गर्न तयार रहेको कुरा कांग्रेस नेतृत्वले बुझेको देखिँदैन । गठबन्धनका लागि माओवादीको अन्य स्थानीय तहमा गरेको ‘बार्गेनिङ’ मात्रै हो । कांग्रेसले अडान लिन सकेको खण्डमा प्रचण्ड भरतपुर मात्रै पाए खुशी हुनसक्ने उनको पटक–पटकको राजनीतिक क्रियाकलापले पुष्टी हुन्छ ।

सुनिँदैछ, माओवादीले काठमाडौं र ललितपुर महानगरको नगरप्रमुखमा दाबी गर्दैन र उपप्रमुख भने छाड्दैन भन्ने । गत स्थानीय निर्वाचनमा काठमाडौंबाट माओवादी उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९ सय ६ मत मात्र प्राप्त गरेका थिए । २ लाख ८१ हजार बढी मतदाता भएको महानगरमा करिब ८ हजार मतमा खुम्चिएको माओवादीले महानगरको नेतृत्व ताक्नु पक्कै पनि लाजमर्दो हुनसक्छ भन्ने प्रचण्डले बुझेका छन् । सँगै उनले उपप्रमुख नछाड्ने बताएका छन्, ८ हजार मत भएको पार्टीले कसरी उपमेयर नछाड्ने अडान राखेका हुन् ? अनि कांग्रेस माओवादीकै लागि त्यत्रो त्याग गर्न किन तम्सिएको हो ?

त्यस्तै ललितपुर महानगरमा गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेवारले १० हजार ६६१ मत ल्याएका थिए । जुन मत पराजित एमालेका उम्मेदवारको भन्दा करिब १४ हजार कम हो । १ लाख १३ हजार ६४१ मतदाता रहेको ललितपुरमा १० हजार मत ल्याएको माओवादीले अहिले कसरी उपप्रमुखको दाबी गर्दैछ ? यसबाट प्रष्ट हुन्छ कि द्वन्द्वका समयमा प्रचलित शब्द ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ माओवादी रणनीति अहिलेपनि कायमै छ । त्यो ‘ढाड’ र ‘टाउको’ दुवै बन्ने तयारीमा कांग्रेस रहेको छ ।

गत स्थानीय तह निर्वाचनका समयमा भरतपुर महानगरपालिका १ लाख ५१ हजार २ सय १५ मतदाता रहेका थिए । ती मध्ये भरतपुरका २९ वटै वडामा माओवादीका वडाध्यक्षका उम्मेदवारले ल्याएको मत जम्मा २१ हजार २ सय १८ हो । यसबाट भरतपुरमा माओवादीको जनाधार पुष्टी हुन्छ । छोरी रेणुका लागि कांग्रेसलाई ‘पगालेर’ ‘बाटो बिराउन सफल’ गराएका प्रचण्डकी छोरीले ल्याएको ४३ हजार १२७ मतमध्ये २१ हजार ९०९ मत कांग्रेसकै हो भन्नेमा कुनै आशंका देखिँदैन ।

यही तथ्यांकलाई भरतपुरका कांग्रेसी मतदाताले राम्रोसँग बुझ्न सकेको खण्डमा भरतपुरबाट सामान्य कांग्रेस कार्यकर्ता उठे पनि जित हात पार्नसक्छ भन्ने बलियो दृष्टान्त हुन्छ ।

र, चितवनका कांग्रेस नेताहरुले गरेको पछिल्लो प्रयास पनि जनमतको कदर नै हो । उनीहरुले भरतपुर छाड्नुहुँदैन भनेर केन्द्रसम्म आएर पार्टी नेतृत्वलाई जानकार बनाउनु आफ्नो अधिकारको खोजी मात्र नभएर कर्तव्य पनि पूरा गरेका छन् । आफ्नो मत रहेको स्थानमा आफ्नै उम्मेदवार खोज्नु उनीहरुको अधिकार कै विषय हो । यदि केन्द्रले त्यसलाई नजरअन्दाज पुनः प्रचण्डकै योजनाअनुसार माओवादीलाई सुम्पियो भने भरतपुर कांग्रेस मतदाताले ‘विद्रोह’ गर्न सक्छन् र त्यसको नतिजा एमालेका उम्मेदवारलाई सुम्पिन सक्छन् ।

गत स्थानीय निर्वाचनमा भरतपुरका २९ वटै वडामा माओवादीका वडाध्यक्षका उम्मेदवारले ल्याएको मत जम्मा २१ हजार २ सय १८ हो । यसबाट भरतपुरमा माओवादीको जनाधार पुष्टी हुन्छ । छोरी रेणुका लागि कांग्रेसलाई ‘पगालेर’ ‘बाटो बिराउन सफल’ गराएका प्रचण्डकी छोरीले ल्याएको ४३ हजार १२७ मतमध्ये २१ हजार ९०९ मत कांग्रेसकै हो भन्नेमा कुनै आशंका देखिँदैन ।

‘गठबन्धन’ भन्ने मतपत्रभन्दा बाहिर गरिने कुरा हो, जनताको हात समाएर गठबन्धनको निर्णयअनुसारकै चुनाव चिन्हमा मतदान गरिदिनु होइन, त्यसैले कुनै पनि मतदाता मतदानस्थलभित्र स्वतन्त्र हुन्छ, त्यो विवेक भरतपुरका कांग्रेसी मतदाताले पुर्याए भने कांग्रेसका लागि ‘घातक’ सिद्ध हुन्छ । ५ वर्षसम्म कांग्रेसका लागि लडेका मतदाताले निर्वाचनको १ दिन माओवादीका लागि मत दिनु पक्कै पनि युक्तिसंगत र न्यायसंगत देखिँदैन । भरतपुरका मतदाताले पुनः एकपटक आफैंलाई प्रतिप्रश्न गर्ने बेला आएको छ ।

डेढलाख बढी मतदाता भएको स्थानमा २१ हजार मत आफ्नो भएको माओवादीले भरतपुर ‘खोस्न’ सफल भएपछि अहिले फेरि हौसिएको हुनसक्छ । त्यसका लागि माओवादीले गरेको ‘प्रपञ्च’ आफूलाई प्रजातन्त्रवादी, लोकतन्त्रवादी र दूरदर्शी ठान्ने कांग्रेसीले ५ वर्षपछि पनि अझै बुझ्न सकेको देखिँदैन ।

अहिले पछिल्लो परिवेश भनेको स्थानीय तहमा सबैभन्दा बलियो पार्टी भनेकै कांग्रेस हो भन्ने कुरा बुझ्न नसकेको कांग्रेसले ‘कस्तुरीले बिना’ थाहा नपाएझैं भुन्भुनाईरहेको छ ।

पछिल्लो समय संघीय राजधानी कांग्रेसमा पनि योग्य उम्मेदवार उठाएको खण्डमा कांग्रेसकै ‘फेभर’ रहेको गत ५ वर्षमा वर्तमान मेयर विद्यासुन्दर शाक्यले गरेका कामबाट पुष्टी भएको थियो । कांग्रेस हतासिनुपर्ने कुनै पनि आवश्यकता देखिँदैन तर अहिलेको स्थानीय तह निर्वाचनमा सबैभन्दा हतासिएको पार्टी बनेको छ । कांग्रेसका लागि काठमाडौं, विराटनगर, ललितपुर र भरतपुर बलियो महानगर हुन् भने वीरगञ्ज र पोखरामा गठबन्धन नै भए पनि हात पार्न सकिने महानगर होइनन् । त्यो गत स्थानीय निर्वाचनले नै पुष्टी गरिसकेको थियो । तर, कांग्रेसले आफू बलियो भएकै महानगरसमेत गठबन्धनको नाममा अन्य दललाई ‘बुझाउन’ तयार रहनु भनेको जनमतप्रतिको ‘अनादर’ अनि आफूप्रतिको ‘अविश्वास’ हो ।

अनि कुरा रह्यो गठबन्धनको अर्को दल–एकीकृत समाजवादी । एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलाई अहिले तत्काल निर्वाचनमा गएको खण्डमा आफूलाई एउटा वडा पनि जित्ने विश्वास छैन । किनकी पहिलो कुरा देशका सबै स्थानमा संगठन बिस्तार गर्न मात्रै पनि नसकिरहेको अहिलेको परिवेशमा गठबन्धनको नाममा ‘च्याँखे’ थापेर कुनै महानगर हत्याउने अभिलाशा गर्नु कुनै नौलो विषय होइन । तर, दशकौंदेखि राजनीतिलाई ‘पेशा’ र पेशाबाट ‘पैसा’ कमाएका कांग्रेसीले त्यसकुराको आभाससम्म पनि पाउन नसक्नु अर्को दुखद् पक्ष हो ।

कांग्रेसका लागि काठमाडौं, विराटनगर, ललितपुर र भरतपुर बलियो महानगर हुन् भने वीरगञ्ज र पोखरामा गठबन्धन नै भए पनि हात पार्न सकिने महानगर होइनन् । त्यो गत स्थानीय निर्वाचनले नै पुष्टी गरिसकेको थियो । तर, कांग्रेसले आफू बलियो भएकै महानगरसमेत गठबन्धनको नाममा अन्य दललाई ‘बुझाउन’ तयार रहनु भनेको जनमतप्रतिको ‘अनादर’ अनि आफूप्रतिको ‘अविश्वास’ हो ।

अनि रह्यो एमालेको कुरा । २०५४ सालदेखि स्थानीय तहमा बलियो पकड राख्दै आएको एमालेले पछिल्ला दिनमा २/३ साताअघि गठन भएका दलहरुसँग गठबन्धन गर्नु अर्को ‘त्रास’को संकेत हो । प्रजातान्त्रिक पद्धतिबाट पार्टीको नेतृत्व लिन नसकेका व्यक्तिसँगको सहकार्य एमालेलाई पनि ‘शुभ’ रहने संकेतभन्दा पनि ‘त्रास’ को कारक बनेको प्रतीत हुन्छ । राप्रपा नेपाल, परिवार दलसँग एमालेले गरेको गठबन्धनको सम्झौता हतासको सम्झौता देखिएको छ ।

परिवारबाट बाहिर आउन नसकेको विवादित दलसँगको सम्झौताले एमालेका लागि कति भोट कति थपिन्छ त्यो त निर्वाचन परिणामले देखाउला तर एमाले मतदाता इमान्दार भएको खण्डमा परिवार दलको मत भने अवश्य बढ्नेछ । पटक–पटक ‘होली वाइन’ का नामले दुत्कार्ने एकीकृत समाजवादीका नेता माधव नेपालको निकट रहेको दललाई आफ्नो गठबन्धनमा ल्याएर एमालेले मतका लागि भन्दा पनि ‘नामका लागि’ गठबन्धन गरेको पुष्टी भएको छ ।

समग्रमा अहिले निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने १० दिनभन्दा अगाडिको अवस्था हेर्दा नेपालका सबै राजनीतिक दल ‘हतास’को मानसिकतामा देखिन्छन् । उनीहरु कसैलाई पनि आफू र आफ्नो ‘पेशा’प्रति विश्वास छैन । उनीहरु फगत उडाइरहेका छन् निष्पक्ष निर्वाचनको खिल्ली । जनमत लिने जस्तो विषयमा पनि स्वतन्त्र रुपले मैदानमा आउन नसक्ने दलहरुले मुलुकको विकास गर्छु भनेर खोक्दै हिँड्नु उपयुक्त होइन ।

आफ्नो धरातल कति छ भनेर परिक्षण गर्ने समयमा अर्काको ‘दौराको फेरो समातेर’ सत्तारोहण गर्ने लालच देखिनु ‘पेशा’प्रतिको बैमानी हो । राजनीतिक दलका पछिल्ला क्रियाकलापले गठबन्धनका लागि नाममा कुनै पनि दलका उम्मेदवारलाई मत दिलाउने भन्दा पनि जुन पार्टीबाट चुनाव लडे पनि सहमतिकै नाममा त्यो मत सहमतिकै उम्मेदवारकै नाममा जोडिने सहमति गरे हुन्छ । आखिर, अकर्मण्यताको भूमरीमा डुबेका दलहरूले सहमतिको नाममा गरे नहुने के छ र ?

प्रतिक्रिया