अवतारका दुई सिरिजमा टाइटानिक अभिनेत्रीको इन्ट्री


लसएन्जल्स(एजेन्सी)– सन् २००९ मा रिलिज साइन्स फिक्सन फिल्म ‘अवतार’ले कमाईको मामलामा सारा रेकर्ड तोडेको थियो । त्यहीकारण यो फिल्मको दोस्रो भागलाई निर्माताहरुले अलग किसिमको लेभलमा निर्माण गरिरहेका छन् । फिल्मका फ्यानहरु फिल्मको दोस्रो भाग हेर्न व्यग्र प्रतिक्षामा छन् । फिल्ममा सायदै त आजसम्म प्रयोग नगरिएको दृश्यलाई देखाइनेछ ।

फिल्मका निर्देशक जेम्स क्यामरुनले ‘अवतार २’को सुटिङ पुरा गरिसकेका छन् भने उनले ‘अवतार ३’को पनि करिब करिब सबै काम सकाएका छन् । हाल यसको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । यहीबीचमा फिल्म निर्माताले एक नयाँ खबर उनका फ्यानमाझ सार्वजनिक गरेका छन् । फिल्मको दोस्रो र तेस्रो भागका लागि निर्माताले ‘टाइटानिक’ फेम्ड अभिनेत्री केट विन्सलेटसँग सहकार्य गरेका छन् । अभिनेत्रीले पनि यो कुराको पुष्टि गरेकी छन् ।

‘फिल्ममा अभिनय गर्नका लागि मैले फ्री डाइव सिक्नुपरेको थियो र त्यो अविश्वसनीय थियो । मैले १४ सेकेण्डका लागि श्वास नै रोकें, जुन मेरो लागि निकै लामो समय थियो । यो निकै आशक्ति काम थियो,’ केटले भनेकी छन्, ‘म पानीमा बस्ने एक मानिसको भूमिका निभाउदैछु ।’ उनको एक तस्बिर सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ । जसमा उनी पानी भित्र पोज दिइरहेकी छन् ।

फिल्मको दोस्रो भागमा पनि पहिलो भागकै जोडी अर्थात सेम वर्थिंगटन र जोइ सेल्डाना नै छन् । यसबाहेक पहिलो भागबाट जी. रिबीसी, एस. वीवर र स्टीफन लेंग पनि छन् । फिल्म सन् २०२२ को अन्ति अर्थात डिसेम्बर १६ मा रिलिज हुनेछ । त्यस्तै तेस्रो भाग सन् २०२३ को डिसेम्बर २१ मा रिलिज हुनेछ ।

प्रतिक्रिया