
सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो
काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २९ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार २ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७६४ रुपैयाँ कायम भएको छ ।



कागजपत्र |
