
फिल्म ‘लालीबजार’ चौथो सातामा प्रवेश, करिब ६ करोडको व्यापार
काठमाडौं- फिल्म ‘लालीबजार’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म करिब ६ करोड रुपैयाँ बराबरको व्यापार गरेको निर्माण पक्षले जनाएको छ।
विभिन्न कानुनी विवादका बीच प्रदर्शनमा आएको भए पनि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चौथो सातासम्म पनि फिल्म युनिटका कलाकारहरू हल–हलमा पुगेर दर्शकसँग भेटघाट तथा प्रतिक्रिया लिने कार्य जारी राखिरहेका छन्।
यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, बिरबल चौधरी र कुन्टल लगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका छन्।
फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।



कागजपत्र |
