माइकल ज्याक्सनको कारण चर्चामा शिवसेना


मुम्बई(एजेन्सी)– सन् १९९६ मा विश्वविख्यात पप गायक माइकल ज्याक्सनले मुम्बईमा एक शो गरेका थिए । दर्शकको खचाखच भीडका बीच भएको त्यो शो भारतमा माइकलको एउटै शो रह्यो । नोभेम्बरको पहिलो दिन स्पोटर्स एरीनामा आयोजित यो शोमा करिब ३५ हजार दर्शक थिए । सेप्टेम्बर १९९६ देखि अक्टोबर १९९७ सम्मको ज्याक्सनको वल्र्ड टूरको ८३ शोमा मुम्बईको शो पनि एक थियो ।

त्यो समयमा महाराष्ट्रमा शिवसेनाको सरकार थियो । शिव सेनाको तत्कालीन सरकारले यो शोलाई च्यारिटेबल कार्यक्रम बताएको थियो । जसकारण उसले शोवापतको मनोरन्जन कर नलिने घोषणा गरेको थियो ।

तर चाँडै नै यो शो कानूनी उल्झनमा फस्यो । जुन उल्झनमा सरकार, कन्सर्टका आयोजक र उपभोक्ता संरक्षण समूहका व्यक्तिहरु थिए । त्यो समयमा के ज्याक्सनको शोको कर माफ गर्न सक्नु र ज्याक्सनको संगीतलाई कुन किसिमको कार्यक्रमका रुपमा परिभाषित गर्ने भनेर बहस भएको थियो । नोभेम्बर १९९६ मा इण्डिया टुडेले यो खबरलाई प्रकाशित गर्दै ‘ज्याक्सनको शोको कर माफीको कारण केही व्यक्तिलाई मात्र थाहा छ’ भनेर समाचार नै लेखेको थियो ।

सुकेतु मेहताले आफ्नो पुस्तक ‘मेक्सिमम सिटी’मा ज्याक्सनको कन्सर्टबाट हुने कमाई(जुन १० लाख डलर भन्दा बढी थियो) शिवसेनाको कुनै युथ प्रोजेक्टलाई दिने प्रतिबद्धता गरिएको थियो । तर उपभोक्ता संरक्षण समूह मुम्बई ग्राहक पञ्चायतले यो कर माफीलाई बम्बई हाई कोर्टमा चुनौती दिए ।

पाँच हजार रुपैंयाँको टिकट

मुम्बई ग्राहक पञ्चायतका अध्यक्ष शिरीष देशपाण्डे भन्छन्, ‘कन्सर्टको आयोजना भन्दा केही दिन अघि सरकारले औषधिमा विक्री कर बढाएको थियो । हामीले सरकारलाई तपाई औषधिमा त कर बढाइरहनुभएको छ, अनि सम्पन्न व्यक्तिको म्यूजिक कन्सर्टलाई कसरी ट्याक्सी फ्री गराउनुहुन्छ भनेर सोधेका थियौं । त्यो समयमा कन्सर्टको एक टिकटको मूल्य पाँच हजार रुपैंयाँसम्म थियो । जुन निकै महंगो थियो ।’

भारतमा टिकट सस्तो बनाउनका लागि केही फिलम तथा मनोरन्जन शोको ट्याक्स फ्री गरिन्छ । समाचार अनुसार ज्याक्सनको शो एक किसिमले पैसा जम्मा गर्नका लागि गरिएको कार्यक्रम थियो । जसमा इभेन्ट आयोजना गर्ने मेनेजमेन्ट कम्पनी र शिव सेनाको यूथ एम्प्लोयमेन्ट प्रोजेक्टलाई लाभ मिल्ने थियो ।

बम्बई हाई कोर्टले उपभोक्ता संरक्षण समूहको उजुरीमाथि सुनुवाई गर्दै कन्सर्टको टिकट बिक्रीबाट जम्मा भएको करिब तीन करोड आम्दानी फ्रिज गरिदिएको थियो । कर माफीलाई निलम्बित गरेको थियो र सरकारलाई यो कर माफीलाई मेरिटको आधारमा पुन हेर्न भनेको थियो । यो सुनुवाईमा के पप संगीतको कन्सर्टलाई कर माफी गर्न सकिन्छ ? भन्ने विषयमा पनि बहस भएको थियो ।

यद्यपि म्यूजिकल कन्सर्ट आयोजनाको २४ वर्ष पछि र धेरै सुनुवाई पछि महाराष्ट्रको वर्तमान सरकारले कर माफीको फैसलालाई प्रतिस्थापनमा राखेको छ । संयोग यो छ कि कर माफीको फैसलालाई प्रतिस्थापनमा राख्ने निर्णय पनि शिवसेना गठबन्धन सरकारले नै गरेको छ ।

गत साता महाराष्ट्रका मन्त्री सुभाष देसाईले क्याबिनेटले माइकल ज्याक्सनको सन् १९९६ को कन्सर्टको करिब ३३ लाख रुपैंयाँको मनोरन्जन कर माफ गर्ने प्रस्ताव पारित गरेको बताए । अब यो इभेन्टका आयोजक सरकारसँग यो पैसामा दाबी गर्न सक्छ ।

के चाहन्थे माइकल ज्याक्सन ?

शिरीष देशपाण्डे भन्छन्, ‘हामी यो पैसा सरकारकै कोषमा जम्मा होस् भन्ने चाहन्छौं, किनकी अब त च्यारिटी नै छैन ।’ यद्यपि सन् १९९६ मा भारतीय संगीत प्रेमिका लागि ज्याक्सनको शो कुनै दुलर्भ आयोजना भन्दा कम थिएन ।

सुपरहिट थियो कन्सर्ट

त्यो समयमा मुम्बईका एक ठूला व्यापारीले ज्याक्सनका लागि कार कुदाएका थिए । मुम्बईको सबैभन्दा आलिसान होटल बाहिर उनको एक झलक हेर्नका लागि मानिसको भीड लागेको थियो । समाचार अनुसार उनको कोठामा झ्यालको पुरा लम्बाईको ऐना लगाइएको थियो । जहाँ उनले जाने बेलामा आफ्नो हस्ताक्षर गरेका थिए । जयाक्सन आफ्नो यो यात्रामा बाल ठाकरेको घर पनि पुगेका थिए । ज्याक्सनको भारतमा अधिक प्रशंसक थिए । मुम्बई एयरपोर्टमा ज्याक्सनको स्वागत गर्नका लागि हजारौं मानिस जम्मा भएका थिए ।

कन्सर्टका आयोजकका एक सदस्य भन्छन्, ‘मलाई सम्झना छ कि आफ्नो निजी विमानमा माइकल आएका थिए र उनको टिमका अन्य सदस्य चार अलग अलग विमानमा थिए । एयरपोर्टमा एक घण्टासम्म उनी बसे । किनकी अधिकारी, एयरक्राफ्टका क्रु सदस्य सबैजना ज्याक्सनलाई अभिवादन गर्न चाहन्थे ।’

तर यो कन्सर्टको आयोजनालाई लिएर विवाद पनि भएको थियो । विपक्षीले सरकारमाथि निशाना साध्दै कसरी हिन्दुवादी पार्टी पाश्चात्य मूल्यवाला पश्चिमी पप कन्सर्टलाई समर्थन गरिरहेको छ भनेर प्रश्न उठाएका थिए ।

प्रतिक्रिया