सुखद पुनरागमन गर्न आउदै यी अनुहार


मुम्बई(एजेन्सी)–कोभिड महामारीपछि एकताका आफ्नो समयमा हिट भएका कलाकारहरु पुनः बलिउडमा पुनरागमन गर्ने सुरसारमा छन् । लामो समयको पर्खाइपछि पुनरागमन गर्न लागेका उनीहरुलाई आफ्नो मूल्यांकन दर्शकले कसरी गर्लान् भन्ने चिन्ता भए पनि उनीहरुलाई मनपराउनेमा आशावादी उत्तिकै छन् । त्यसैले पनि आफ्नो पुनरागमन सफल हुनेमा उनीहरु ढुक्क छन् ।

अभिनेत्री डिम्पल कपाडिया आफ्नो करियरको निर्णयमा असन्तुलित अथवा अनियमित छिन् । तर हालै उनी अभिनित ‘टेनेट’को अन्तर्राष्ट्रिय सफलताले आफ्नो पुनरागमन सुखद हुनेमा उनी ढुक्क छिन् । डिम्पललाई दर्शकले इरफान खान अभिनित फिल्म ‘अंग्रेजी मिडियम’मा महत्वपूर्ण भूमिकामा देखेका थिए । उनी सैफ अली खानसँग अमेजनको वेबसिरिज ‘ताण्डव’मा देखिँदैछिन् । उनीहरु पछिल्लो पटक सन् २००१ मा फिल्म ‘दिल चाहता है’मा सँगै देखिएका थिए । यो फिल्मका निर्देशक फरहान अख्तरले यसको सिक्वेललाई निर्माण गर्ने योजना बनाएका छन् । तर उनी यसपटक फिल्म निर्देशन गर्ने छैनन् । उनी शाहरुख खान स्टारर फिल्म ‘पठान’ र आर्यन मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’मा महत्व्पूर्ण भूमिकामा देखिँदैछिन् ।

सन् २०२० मा रिलिज फिल्म ‘आश्रम’ पछि अभिनेता बबी देवल नकारात्मक भूमिकामा निकै रुचाइएका कलाकार बनेका छन् । उनी रणवीर कपूरको अभिनय रहने फिल्म ‘एनिमल’मा भिलेन चरित्रमा देखिँदैछन् । त्यसपछि उनी सन् २००७ को फिल्म ‘अप्ने’को सिक्वेलमा दाजु सनी र बाबु धर्मेन्द्रसँगै देखिँदैछन् । बबी अहिले उनको सर्वाधिक हिट फिल्म ‘सोल्जर’को सिक्वेलबारे छलफल गरिरहेका छन् । जहाँ उनले अघिल्लो संस्करणमा झैं प्रिती जिन्टासँग रोमान्स गर्नेछन् ।

अभिनेत्री माधुरी दिक्षित लामो समयदेखि फिल्ममा देखिएकी छैनन् । तर सन् २०२१ मा उनी सञ्जय लिला भन्साली, आदित्य चोपरा वा करण जोहारमध्ये कुनै समूहबाट पुनरागमन गर्दैछिन् । यी तिनै निर्माताहरु आफ्नो प्रिय पात्र माधुरीका लागि सुहाउने चरित्रका लागि स्क्रिप्ट लेखिरहेका छन् । उनीहरुे चाँडै नै फिल्म घोषणा गर्ने बताइएको छ ।

फरहान अख्तरले पनि फिल्म निर्देशन वा अभिनय नगरेको झन्डै दुई वर्ष पुगिसकेको छ । उनी यसै महिना ‘द ह्वाइट टाइगर’मा अभिनेत्री प्रियंका चोपडाका साथ देखिँदैछन् । यसबाहेक उनी राकेश ओमप्रकाश मेहराको फिल्म ‘तुफान’ पनि यसै वर्ष लिएर आउदैछन् ।

सन् २०१८ को फिल्म ‘फने खान’ पछि अभिनेत्री ऐश्वर्या राय बच्चनलाई दर्शकले कुनै फिल्ममा हेर्न पाएका छैनन् । उनी सन् २०२१ मा आफ्नो मनपर्ने निर्देशक मणि रत्नमको तमिल फिल्म ‘पोनियिन सेल्भान’ र अर्का प्रिय निर्देशक सन्जय लिला भन्सालीको फिल्म ‘हेरा मेन्दी’मा देखिँदैछिन् ।

प्रतिक्रिया