चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन


काठमाडौं – चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा हृदयघातका कारण निधन भएको छ । बोस्टनस्थित क्यामब्रीज हेल्थ अलाइन्स ईभिरिट अस्पतालमा उपचारका क्रममा उनको निधन भएको चलचित्र निर्देशक अनिल संग्रौलाले बताए ।

काठमाडौँ, जोरपाटीका स्थायी बासिन्दा उनी डेढ दशकदेखि अमेरिकामा बस्दै आएका थिए । पत्नी, दुई छोरी र एक छोरासहित उनी बोस्टनमा बस्थे ।

उनले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ ‘निखिल दाइ’लगायतका चलचित्रको लेखन, निर्देशन गरेका छन् ।

उनले केही समय जोरपाटीमा चापागाईं सुटिङ स्टुडियो सञ्चालन गरेका थिए । चलचित्र क्षेत्रमा सक्रिय हुनुअघि उनी नाट्यकर्मी थिए । त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाका चलचित्रको सहायक निर्देशकका रूपमा सक्रिय भए ।

 

प्रतिक्रिया