प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल हुनेछ। बैठकले मन्त्रालयगत विषयमा आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।

प्रतिक्रिया