नेपाल आइपुग्यो वेस्ट इन्डिज क्रिकेट टिम


काठमाडौं – वेस्टइन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ।

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेष्ट इण्डिज ए टोली नेपाल आइपुगेको हो ।

यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ। वेष्ट इण्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ ।

अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो ।

प्रतिक्रिया