बागमती प्रदेशमा बढ्यो डेङ्गु संक्रमण, एक जनाको मृत्यु


काठमाडौं- बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो ९ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका छन् ।

चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार ४०९ जना नयाँ डेङ्गु संक्रमित फेला परेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जना नयाँ डेङ्गु संक्रमित भएको स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेलले जानकारी दिए ।

डेङ्गु संक्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया