

मार्ने धम्की दिएर ६६ वर्षीया वृद्धामाथि बलात्कार

उदयपुर – ६६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका-४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
राईले ती महिलालाई ज्यान मार्ने धम्की दिएर आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको र त्यसैको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

