वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिले बलिङ गर्ने


काठमाडौं- वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँचौँ अर्थात् अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

आज गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा छन् । उनीहरूका स्थानमा कमलसिंह ऐरी र ललित राजवंशीलाई ल्याइएको छ ।

यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ ।

प्रतिक्रिया