सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा


काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

यसअघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको छ ।

पटकपटक धकेलिएको सुनवाईबाट आज सफाई पाउने आशा सन्दीप पक्षले लिएको छ । सन्दीपले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाई स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाई पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।

तर, आज सुनुवाई भएर सफाई पाएमा नेपालका तर्फबाट सन्दीपले विश्वकपमा समेटिन सक्नेछन् ।

प्रतिक्रिया