सन्दीपको मुद्दामा आज सुनुवाई, सफाई पाएमा विश्वकपमा सहभागी हुने


काठमाडौं – नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । पटकपटक धकेलिएको सुनवाईबाट आज सफाई पाउने आशा सन्दीप पक्षले लिएको छ ।

सन्दीपले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाई स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाई पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।  तर, आज सुनुवाई भएर सफाई पाएमा नेपालका तर्फबाट सन्दीपले विश्वकपमा समेटिन सक्नेछन् ।

विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म रहेकाले सन्दीपले सफाई पाएर विश्वकपमा सहभागी हुने अपेक्षा नेपाली क्रिकेटप्रेमीहरुले लिएका छन् ।

सन्दीप यसअघि विश्वकपका लागि अमेरिका प्रस्थान गर्न लागेको नेपाली टिमको विदाईमा सहभागि भएका थिए भने पछिल्ला दिनमा नेपाली राष्ट्रिय टिमको खेल हेर्न क्रिकेट मैदानसम्म जाने गरेका छन् ।

प्रतिक्रिया