सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा


काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

पटकपटक धकेलिएको सुनवाईबाट आज सफाई पाउने आशा सन्दीप पक्षले लिएको थियाे । सन्दीपले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाई स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाई पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।

 

प्रतिक्रिया