आईपीएलमा आज दुई खेल


काठमाडाैं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा पञ्जाब किंग्स र चेन्नई सुपर किंग्स नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल्दैछन् । साविक विजेता तथा आईपीएल क्रिकेटको सर्वाधिक सफलमध्येको टोली चेन्नई यो सिजन १० खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । समान १० खेल नै खेलेको पञ्जाब ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।

दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । अहिलेसम्म खेलेका १० खेलमा १४ अङ्कका साथ कोलकाता तालिकाको दोस्रोे स्थानमा छ । समान १० खेल खेलेको लखनउ १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया