काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते


काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा टाटासुमो दुर्घटनामा परेकाे छ ।  कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना१ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको छ ।

आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीनजना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुईजना पुरुष सवार थिए ।

 

प्रतिक्रिया