

सन्दीपको अर्को पेसी जेठ १ गते

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ ।
उच्च अदालतमा दर्ता मुद्दाको पेसीमा आज न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरेकाेमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको हाे ।
आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा थियो ।
उनको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा थियो ।

