मानव बेचबिखनको आरोपमा समातिएका गाउँपालिका अध्यक्ष छुटे


काठमाडौं- मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्षे नुर्बु स्याङ्बो घले रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले हाजिरी जमानतमा छाड्ने निर्णय गरेपछि उनी हिरासतबाट मुक्त भएका हुन् ।

मानव बेचबिखनको आरोपमा फरार रहेकाहरुलाई खोजी गर्ने क्रममा उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले २८ चैतमा पक्राउ गरेको थियो ।

घले ०७३ सालदेखि फरार रहेको थिए ।  उनीलगायतका व्यक्तिले एक महिलालाई कुवेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्‍याएर बन्धक बनाएकाे आरोप छ ।

प्रतिक्रिया