देउवासँगको भेटेलगत्तै ओलीले गरे प्रचण्डसँग छलफल

सरकार परिवर्तको संकेत


काठमाडौँ – प्रतिनिधि सभामा पेश भएको अमरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को पक्ष र विपक्षमा सत्ता गठबन्धनका दलहरु नै उभिएपछि सरकारको संरचना परिवर्तनको संकेत देखिएको छ ।

सत्तारुढ घटन नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टी नै संसदमा टेबल भएको एमसीसीको विपक्षमा उभिएपछि बुधबार निर्णयार्थ पेश हुने गरी बोलाईको संसदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बिहीबार १ बजेसम्मको लागि स्थगित भएको थियो ।

बुधबार १ बजेको लागि बोलाईएको संसदको बैठक प्रधानमन्त्री देउवाको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले बिहीबारसम्मको लागि स्थगित गरेपछि प्रधानमन्त्री देउवाले पार्टीका शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग वार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवासँग करिव २ घण्टा लामो छलफल गरेका विपक्षी दलका नेता ओलीले अहिले संसद भवन नयाँबानेश्वरमा सत्तारुढ घटक माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले ओलीसँग एमसीसी प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दा ओलीले आफ्नो दलले कारबाही गर्न सिफारिस गरेका १४ जनालाई सांसद पदबाट हटाउन वा त्यस्तो सिफारिस कार्यान्वयन नगर्ने सभामुख अग्नीप्रसाद सापकोटालाई हटाउन माग गर्दै आएको छ ।

प्रतिनिधिसभामा टबुल भएको एमसीसी प्रस्तावको विषयलाई लिएर सत्तारुढ घटक जनता समाजबादी पार्टी र नेकपा एकीकृत समाजबादी भित्र बिबादले उग्र रुप लिएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका माओबादी अध्यक्ष प्रचण्डलाई देउवाले सरकारले सदनमा पेश गरेको प्रस्तावको पक्षमा उभिने कि सत्ता सहकार्यबाट अलग हुने भन्ने दुई विकल्पमध्ये एक रोज्न भनेका थिए ।

प्रधानमन्त्री देउवाको यस्तो प्रस्तावबाट झस्किएका प्रचण्डले प्रधानमन्त्री देउवा र ओलीको भेट र लामो छलफलपछि ओलीसँग भेट गरेका हुन् ।

ओलीले प्रचण्डसँगको भेटमा आफ्नो दलले कारबाहीको सिफारिस गरेका १४ सांसदलाई कारबाही गर्न नमान्ने सभामुख अग्नीप्रसाद सापकोटाको राजिनामा माग्दै आएका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सदनबाट पारित गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोगको लागि आग्रह गरेपछि माओबादी अध्यक्ष दाहालले ओलीसँग अर्को गठबन्धनको प्रस्ताव गरेका थिए ।
स्रोतका अनुसार नेता प्रचण्डले एमसीसीले प्रतिनिधिसभा मातहतको संसदीय समितिमा लैजाने र समितिले गरेको निर्णय बमोजिम सदनमा पेश गर्नु पर्ने विकल्पलाई प्रधानमन्त्री देउवा र विपक्षी दलका नेता ओलीले दुबैले अश्वीकार गरेका थिए ।
प्रचण्डले आफूहरु एमसीसीको पक्षमा मतदान गर्न नसकिने भन्दै विपक्षमा मतदान गर्ने अडान लिँदै आएका छन् । खासगरी कांग्रेस महामन्त्री गगन थापाले सडक र सत्ता मध्ये एउटा मात्र रोज्न माओबादीलाई आग्रह गरेपछि कांग्रेस सभापतिलाई दबाब बढ्दै गएको छ ।
माओबादी अध्यक्ष प्रचण्डले पार्टीका नेता र कार्यकर्ताको दबाब थेग्न नसकिने भन्दै गठबन्धन बचाउने आफ्नो प्रयास असफल भएमा सत्ता त्याग गरेर भए पनि एमसीसीको बिरुद्ध जाने अडान राखेका छन् । जसले माओबादीको सत्ता बहिर्गमनको सम्भावना देखिएको छ ।

एमाले र माओबादी नेताहरुबीचको वार्ता पनि बिना निष्कर्ष टुंगिएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्ने भएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेट वार्तामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत सहभागी छन् ।

बिहीबार प्रमुख प्रतिपक्षी एमालेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेपछि कांग्रेसले अब गठबन्धन धरापमा परेको बताएको थियो ।

प्रतिक्रिया