नाउपा नयाँ सरकारमा सहभागी हुने, देउवा भेट्न पुगे रेशम


काठमाडाैं- संघीय सरकारको सत्ता समीकरणमा परिवर्तन हुने भएसँगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

भेटपछि उनले नयाँ राजनीतिक समीकरणमा सहभागी हुने निर्णय गरेको बताएका छन् ।  उनले नयाँ सरकारमा सहभागी हुनेबारे संसदीय दलको बैठकले औपचारिक निर्णय लिने बताएका छन् ।

चौधरीकी पत्नी  रञ्जिता र बुबासहित प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् ।  केही दिनअघि मात्रै नाउपाकी केन्द्रीय अध्यक्ष एवम् रञ्जितालाई संसदीय दलको नेताबाट बहुमत सदस्यले हटाएका थिए ।

प्रतिक्रिया