क्यान बैठकमा ‘रिजल्ट’ दिन नसकेको भन्दै क्रिकेट प्रशिक्षक मोन्टी देसाईको चर्को आलोचना


काठमाडौं – नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकमा राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाईको चर्को आलोचना भएको छ ।

उनको प्रशिक्षणमा पछिल्लो समय क्रिकेट टोलीले राम्रो ‘रिजल्ट’ दिन नसकेको भन्दै क्यानको बोर्ड बैठकमा चर्को आलोचना भएको हो ।

बिहीवार क्यानको बोर्ड बैठक बसेको थियो ।

केही दिनअघि सम्पन्न टि–२० विश्वकप क्रिकेटमा नेपालले कमजोर रन लक्ष्य समेत भेटाउन सकेको थिएन् ।

विश्वकपमा नेपाल जितविहीन भएर घर फर्किएको थियो ।

मोन्टिलाई ब्याटिङका लागि बढी चिनिन्छ ।

नेपालले विश्वकप छनौटका लागि लिग–२ अन्तर्गतका खेल अगामी अक्टोवर र सेम्टेम्वरमा खेल्दैछ ।

सो श्रृङ्खलामा नेपालले राम्रो नजिता ल्याउन नसके प्रशिक्षकका बारेमा क्यान पुर्नविचारसम्म गर्नेसक्ने सम्भावना रहेको क्यान स्रोतले बतायो ।

क्यानस्रोतले भन्यो,‘बैठकमा ९० प्रतिशत बढीले कोचको आलोचना गर्नुभयो । उहाँ आएपछि केही राम्रा रिजल्ट नआएका होइनन् । तर पछिल्लो समय ब्याटिङ खस्किएको देखियो । यसले हामीलाई समस्या पर्नसक्छ ।’

प्रतिक्रिया