जसपाका मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


काठमाडौँ – अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनीहरूले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन् । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातारण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा बुझाएका हुन् । यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेसँगै जेठ २८ गते विश्वासको मत लिने तयारीमा छन् ।

प्रतिक्रिया